चितवनमा दुई डाक्टरसहित २० जनामा कोरोना संक्रमण

चितवनमा दुई डाक्टरसहित २० जनामा कोरोना संक्रमण

corona-lab-bharatpur_20200405175418

चितवन । चितवनमा दुई डाक्टरसहित २० जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् ।

कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् ।

उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् ।

आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds