पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित

राजनीति

पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित

प्रतिनिधिले गरे राजनीतिमा उल्लासपूर्ण स्वागत

Kiran kc pic

नेपाली काँग्रेसको १५ औं महाधिवेशनबाट पोखराका युवा उद्यमी किरण केसी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पहिलोपटक केन्द्रीय निर्वाचनमा होमिएका केसीलाई पहिलो प्रयासमै खुल्लातर्फ देशभरका प्रतिनिधिहरूले उल्लेख्य मत दिएर राजनीतिमा उल्लासपूर्ण स्वागत गरेका छन् ।

खुलातर्फ ४५ पदका लागि भएको निर्वाचनमा ८९ जना प्रतिस्पर्धामा थिए । केसीलाई प्रतिनिधिहरुले रुचाउँदा २८ औं स्थानमा रहेर निर्वाचित भएका छन् । केसीले २ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।

को हुन् किरण ?

किरण लोकप्रिय मतका साथ कास्की २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए । किरणले एकै पटक पटक ठूलो पद र नेतृत्व खोजेका होइनन् । प्रतिनिधिबाट लोकप्रिय मतले केन्द्रीय सदस्य हुँदै अबको राजनीतिमा आफ्नो हिस्सेदारी पनि बढाउने योजनासहित किरण १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएकोमा उत्तीर्ण भएका छन् ।

केसी ग्रुप अफ कम्पनिजको निर्देशकको रूपमा समग्र व्यावसायिक समूहलाई एकै छाता मुनि ल्याएर केसीले व्यवस्थापन गरिरहेका छन् । वित्तीय क्षेत्रतर्फ सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा निर्देशक रहेका किरण माछापुच्छ्रे बैंक लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा प्रवर्तक छन् ।

निर्माण तथा हस्पिटालिटी क्षेत्रमा नेपालको ‘क’ वर्गको निर्माण कम्पनीको रूपमा केसी कन्स्ट्रक्सन फर्म र केसी कन्स्ट्रक्सन प्रालि तथा जयभद्रकाली डेभलपर्स कम्पनी प्रालिमा निर्देशक रहेका केसीले अहिले जलविद्युत क्षेत्रमा नेतृत्व गरिरहेका छन् ।

सूर्योत्थान लक्जरियस अपार्टमेन्ट, पोखरा होम्स प्रालि र जयभद्रकाली होटेलियर्स प्रालिमा पनि उनी निर्देशक छन् । शिक्षा तथा फिटनेस क्षेत्रतर्फ पोखराको काजीपोखरीस्थित कालिका मल्टिपल क्याम्पसको अध्यक्ष र पोखरा स्कुल अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्टसँग पनि उनी जोडिएका छन् ।

जलविद्युत विकासको क्षेत्रमा किरण केसी र केसी ग्रुपको लगानी र नेतृत्व अग्रपंक्तिमा छ । केसी ग्रुपले अहिले जलविद्युतको क्षेत्रमा छलाङ नै मारिरहेको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेड (१३ मेगावाट) मा २०७२ देखि निर्देशक र २०८२ देखि अध्यक्षको रूपमा कार्यरत किरणले एम्पिक एनर्जी प्रालि (१३२ मेगावाट), अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालि (१०२ मेगावाट) र सुभानकित हाइड्रोपावर प्रालि (८ मेगावाट) मा अहिले नेतृत्व गरिरहेका छन् । साना ठूला १० वटाभन्दा बढी जलविद्युत आयोजनाको नेतृत्व अहिले किरणले गरिरहेका छन् ।

केसीले लामो समयसम्म उद्यम, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहँदा समाजका वास्तविक समस्या, नागरिकका पीर–मर्का र राज्यका नीतिगत कमजोरीहरूलाई नजिकबाट नियालेका छन् । सहज लगानीको वातावरण र सरकारी नीतिगत समस्याहरूलाई केवल बाहिर बसेर आलोचना गर्नुभन्दा नीतिगत तहमा प्रत्यक्ष सहभागी भएर समाधान गर्नुपर्छ भन्ने सोचका साथ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएको उनी बताउँछन् ।

व्यावसायिक क्षेत्रमा सफलताबाट पछाडि हट्नु नपरेका केसीले अब राजनीतिक परीक्षामा उत्रिएको बताउँछन् । राजनीतिक यात्राको पछाडि मुख्यतया देशको दीर्घकालीन समृद्धि, उद्योग–व्यवसायमैत्री वातावरणको निर्माण र युवा पुस्ताका लागि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने भावना प्रमुख रूपमा जोडेको केसी बताउँछन् ।

गण्डकीबाट को को निर्वाचित भए ?

महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका पोखराका दुई जना महिला नेतृहरुमध्ये पोखराकी लक्ष्मी पाण्डे निर्वाचित हुँदा पोखराकै नम्रता बराल भने पराजित भएकी छन् । यसैगरी, स्याङ्गजाकी कल्पना तिवारी, पर्वतकी मुना भुषाल, तनहुँकी चिनु पोखरेलले पनि विजय प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

गण्डकी भूगोलबाट काँग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित भए । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका हुन् ।

त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भइन् । बाग्लुङकी रेनुका काउछामगर र जनजाती खुलातर्फ स्याङ्गजाका ई. अनुप श्रेष्ठ र बाग्लुङका भिम श्रीसमगर समेत विजयी भए ।

३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ३५ वर्षमुनिको महिलातर्फ भने डा. कला पन्त निर्वाचित भएकी छन् ।

यहाँ खुल्ला केन्द्रीय सदस्यको अन्तिम निर्वाचन परिणामलाई सफा, स्पष्ट र पढ्न सजिलो हुने गरी नेपाली (तालिका रूप) र English Table Format मा प्रस्तुत गरिएको छ:

नेपाली संस्करण: खुल्ला केन्द्रीय सदस्य पदको अन्तिम मत परिणाम

निर्वाचित उम्मेदवारहरू (क्र.सं. १ देखि ४५ सम्म)

क्र.सं. उम्मेदवारको नाम प्राप्त मत मत प्रतिशत (%) परिणाम
१ चिरी बाबु महर्जन ५,३३० ७७.५% निर्वाचित
२ निश्चल राई ४,९५६ ७२.०% निर्वाचित
३ इन्द्रबहादुर बानियाँ ४,७३२ ६८.८% निर्वाचित
४ प्रा.डा. गोविन्दराज पोखरेल ४,४५६ ६४.८% निर्वाचित
५ ई. मोहन आचार्य ४,३७० ६३.५% निर्वाचित
६ जितनारायण श्रेष्ठ ४,३४७ ६३.२% निर्वाचित
७ प्रवल थापा ४,१७५ ६०.७% निर्वाचित
८ गणेश लामा ३,९२५ ५७.०% निर्वाचित
९ राजिव कोइराला ३,९१३ ५६.९% निर्वाचित
१० हिमाल दत्त श्रेष्ठ ३,७३४ ५४.३% निर्वाचित
११ डा. शोभाकर पराजुली ३,४८८ ५०.७% निर्वाचित
१२ विद्वान गुरुङ ३,४६८ ५०.४% निर्वाचित
१३ अर्जुन प्रसाद जोशी ३,३९३ ४९.३% निर्वाचित
१४ ई. अमृत जवाली ३,३४९ ४८.७% निर्वाचित
१५ ई. नवराज त्रिपाठी ३,२७१ ४७.५% निर्वाचित
१६ सन्दीप राना ३,२६३ ४७.४% निर्वाचित
१७ भरत कुमार शाह ३,१८५ ४६.३% निर्वाचित
१८ नरेन्द्र कुमार केरुङ ३,१६४ ४६.०% निर्वाचित
१९ मिन कृष्ण महर्जन ३,१०० ४५.१% निर्वाचित
२० वलदेव तिमल्सिना ३,०७१ ४४.६% निर्वाचित
२१ महेश खटेड ३,०२८ ४४.०% निर्वाचित
२२ जन्मजय तिमिल्सिना २,९७० ४३.२% निर्वाचित
२३ युवराज पाण्डेय २,९४६ ४२.८% निर्वाचित
२४ कुमार लुइटेल २,८८० ४१.९% निर्वाचित
२५ ई. ऋषि कोइराला २,८६१ ४१.६% निर्वाचित
२६ ई. दिपक बाबु कँडेल २,८५१ ४१.४% निर्वाचित
२७ उज्जवल प्रसाद बस्याल २,८२२ ४१.०% निर्वाचित
२८ किरण के.सी. २,७७४ ४०.३% निर्वाचित
२९ दिपक भट्टराई २,७६३ ४०.२% निर्वाचित
३० महेन्द्र कुमार शर्मा २,६४७ ३८.५% निर्वाचित
३१ डा. सुरज राज काफ्ले २,६१३ ३८.०% निर्वाचित
३२ डा. मुकेशराज काफ्ले २,५९९ ३७.८% निर्वाचित
३३ मदन कृष्ण श्रेष्ठ २,५८६ ३७.६% निर्वाचित
३४ प्रमोदहरि गुरागाई २,५५९ ३७.२% निर्वाचित
३५ लेखनाथ पोखरेल २,४९५ ३६.३% निर्वाचित
३६ किरण किशोर घिमिरे २,४७१ ३५.९% निर्वाचित
३७ रवि सिंह २,४५९ ३५.७% निर्वाचित
३८ डा. कृष्ण प्रसाद पौडेल २,४५५ ३५.७% निर्वाचित
३९ तिलक बहादुर रानाभाट २४४४ ३५.५% निर्वाचित
४० प्रदिप कुमार सुनुवार २,४३० ३५.३% निर्वाचित
४१ प्रकाश सिंह कार्की २,४१९ ३५.२% निर्वाचित
४२ डा. मुक्तिराम श्रेष्ठ २,३५७ ३४.३% निर्वाचित
४३ कृष्ण रिजाल २,३४२ ३४.०% निर्वाचित
४४ निलकण्ठ रिजाल २,३०५ ३३.५% निर्वाचित
४५ सुधान्सु कोइराला २,२५६ ३२.८% निर्वाचित

अन्य उम्मेदवारहरू

क्र.सं. उम्मेदवारको नाम प्राप्त मत मत प्रतिशत (%)
४६ श्याम कुमार घिमिरे २,२२० ३२.३%
४७ कविर राणा २,१४३ ३१.१%
४८ किशोर दत्त बराल २,१२१ ३०.८%
४९ चित्र बहादुर के.सी. २,११८ ३०.८%
५० भिम प्रसाद ढुंगाना २,१०० ३०.५%
५१ सन्तोष सुब्बा २,०९९ ३०.५%
५२ टेकराज पौडेल २,०९६ ३०.५%
५३ उत्तम जोशी २,०२२ २९.४%
५४ केशव थापा १,९८८ २८.९%
५५ मधुरा प्रसाद घिमिरे १,९४७ २८.३%
५६ अनिल कृष्ण प्रसाई १,९२३ २७.९%
५७ भिम सिंह गुरुङ (भिम दाई) १,९१८ २७.९%
५८ पुष्पबहादुर शाह १,८५३ २६.९%
५९ खडकबहादुर बुढा १,८२४ २६.५%
६० जगत प्रसाद जोशी १,७६९ २५.७%
६१ रमेश रायमाझी १,७०३ २४.७%
६२ छत्र बहादुर गिरी १,७०१ २४.७%
६३ कविता तिवारी (जेहे) १,६९५ २४.६%
६४ चिरञ्जीवी थापा १,६८९ २४.५%
६५ ताजेन्द्र खत्री के.सी. १,६५७ २४.१%
६६ अष्ट कुमार कवे १,६३६ २३.८%
६७ गोर्खा (आनन्द) विष्ट १,५६९ २२.८%
६८ तुलसि नारायण श्रेष्ठ १,५१९ २२.१%
६९ खेलराज पाण्डेय १,५१० २१.९%
७० दोर्ण कुमार कुँवर १,५०६ २१.९%
७१ धर्मराज गौतम १,४७५ २१.४%
७२ हरि प्रसाद आचार्य १,४७३ २१.४%
७३ इंछु राम राना १,४७१ २१.४%
७४ केशव बहादुर चन्द १,४६२ २१.२%
७५ गोविन्द बहादुर शाह (शम्भु) १,४४८ २१.०%
७६ राधाकृष्ण भण्डारी (राधे) १,४१४ २०.५%
७७ सचित शर्मा १,४०३ २०.४%
७८ सकल देव सतियात १,३९१ २०.२%
७९ विष्णु कुमार कार्की १,३०९ १९.०%
८० दिलिप कुमार ढुंगाना १,२५५ १८.२%
८१ दिलमान सिंह चन्द १,२०५ १७.५%
८२ बीत मणी ढकाल १,०७६ १५.६%
८३ पुष्प राज भट्ट १,०२४ १४.९%
८४ खेमराज ओली १,००९ १४.७%
८५ सुदेश सुवेदी १,००४ १४.६%
८६ मुरारी प्रसाद आचार्य ९८४ १४.३%
८७ ऋषि प्रसाद शर्मा ९२५ १३.४%
८८ प्रवीण कुमार सिंह ९०८ १३.२%
८९ प्रभात मणी ओझा (प्रविण) ७९३ ११.५%
सम्बन्धित समाचारः

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ