काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपष् ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। गौतमले संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी दिए ।
यस्तै मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुग्यो
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो ।
मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्रालय प्रवक्ता डा. गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए । सोमबार उनको मृत्यु भएको हो । ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।
यसैबीच अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् ।
मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते