काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।
२४ घण्टायता डिस्चार्ज हुनेको संख्या ११४ छ ।
नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ३३८ जना रहेको छ ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १५१ जना संक्रमित थपिएका छन् ।
यस्तै, कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०/१० जना छन् ।
यस्तै, कास्की, वाग्लुङ र बाँकेका ९/९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५/५ जना, बैतडी, दैलेखका ४/४ जना, गोरखाका ३, पर्वत र धादिङका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण भेटिएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९३ हजार १९४ पीसीआर टेस्ट भएको छ । यस्तै, आरडीटी टेस्ट २ लाख ८३ हजार ६९६ भएको छ ।
अहिले पनि ७८ हजार ६३९ जना देशका विभिन्न क्वारेन्टिनमा छन् ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते