काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्यकाकामात्रै १४ जना रहेका छन् । संक्रमितमा काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ ।
यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।
पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन