काठमाण्डौ । एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा ग्राहकबाट शुल्क लिन नपाइने भएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले हालै जारी गरेको गत आर्थिक वर्षको एकीकृत निर्देशनमा उक्त कुरा उल्लेख छ । ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ ।
यो नयाँ व्यवस्था भने होइन । कोभिड–१९ को जोखिमबाट बच्न गत चैतमा सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन घोषणा गरेपछि बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरेका थिए । सरकारले लकडाउन खुकुलो बनाएको भन्दै गत साउनदेखि बैंक तथा वित्तीय संस्थाले उक्त कारोबारमा शुल्क लिन थाले । तर, साउन २ गते सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले कोभिड–१९ को असर रहँदासम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था ल्यायो ।
त्यसपछि साउन ४ मा राष्ट्र बैंकले सूचना जारी गरी अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था ग¥यो । अहिले त्यही व्यवस्थालाई एकीकृत निर्देशिकामा समावेश गरेको हो ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’