काठमाण्डौ – कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपनि २०७८ सालको असार मसान्तसम्ममा कालोसूचिमा पर्नबाट रोकिने भएको छ ।
राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका ऋणीको ६ महिनाभन्दा बढीको ब्याज बक्यौक्ता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्न निर्देशन गरेको छ । राष्ट्र बैंकले गरेको यो नयाँ व्यवस्थाले कोभिड प्रभावित व्यवसायीको धितोलिलाम प्रक्रिया रोकिने छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा गरेको व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले यस अघि जारी गरेको एकीकृत निर्देशिका २०७७ संशोधन गरेर यस्तो निर्देशन गरेको हो । कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा ६ महिना वा सो भन्दा कम अवधिको ब्याज बक्यौता रहेको अवस्थामा कालोसूचीमा समावेश गर्ने प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्ने उल्लेख छ ।
साथै, यस प्रयोजनका लागि, कोभिड–१९ बाट प्रभावित ऋणीले आफ्नो उद्योग व्यवसाय तथा आयसोतबाट सम्पूर्ण किस्ता भुक्तान गर्न नसकि ब्याज बक्यौतामात्र चुक्ता गर्न चाहेमा सोको विवरण तथा विस्तृत जानकारी लिखित रुपमा माग गरी बैंक तथा वित्तीय संस्थाले किस्ताको ब्याज मात्र असूल उपर गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
सम्बन्धित खबर
पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री
निजी निवास फर्किइन् निवर्तमान प्रधानमन्त्री कार्की
बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन: रवि लामिछाने
नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई
मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री
यी हुन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष