काठमाडौं । प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समुहले गरेको हो। काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ ।
देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ । यसका लागि बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ ।
यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बैठकमा जानकारी दिए । उनले भने, ‘यो नेपाल बन्दसम्म पनि हुन सक्छ ।’
आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ ।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।
२० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने बैठकको निर्णय छ।
सम्बन्धित खबर
पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री
निजी निवास फर्किइन् निवर्तमान प्रधानमन्त्री कार्की
बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन: रवि लामिछाने
नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई
मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री
यी हुन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष