नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ ।
सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो ।
यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।
ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो ।
यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीले लिएपछि नेकपा विभाजित बनेको छ ।
सम्बन्धित खबर
पर्यटकीय राजधानी पोखराका गनेस बने पर्यटनमन्त्री
निजी निवास फर्किइन् निवर्तमान प्रधानमन्त्री कार्की
बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन: रवि लामिछाने
नवनियुक्त प्रधानमन्त्री बालेनलाई अमेरिका, भारत र चीनको बधाई
मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री
यी हुन् बालेन सरकारको पहिलो बैठकका चार निर्णय
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष