काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको भनेर सर्वोच्च अदालतले देखाइदिएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफू इतर रहेका सांसदले ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’ भनेर प्रश्न गरेको उल्लेख गर्दै ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री कुन पार्टीको हो भनेर देखाइदिएको बताए ।
सोमबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता एवम् सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’ भन्दै प्रश्न गरेका थिए ।
रावलको उक्त अभिव्यक्तिप्रति संकेत गर्दै सोमबार ओलीले भने, ‘एकजनाले सोधेका थिए, प्रधानमन्त्री कुन पार्टीको हो ? जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जानुहोस् कुन पार्टीको हो ।’
प्रचण्ड-नेपालले आफूलाई नेकपाको साधारण सदस्यबाट समेत निष्काशन गरेर कारबाही गरेको पसंग उल्लेख गर्दै ओलीले भने, ‘उहाँहरुले मलाई नेकपाको साधारण सदस्यबाट कारबाही गरेको होइन् ? म नेकपाको सदस्य हैन । सर्वोच्च अदालतले भनिदियो म कुन पार्टीको हो ।’
सम्बन्धित खबर
छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते
आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
आजको मौसम पूर्वानुमान
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
सरकारले डेङ्गी नियन्त्रणका लागि भोलिदेखि एक महिने अभियान सुरू गर्दै
साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा