नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको भेला सकिएको छ। चैत ४ र ५ गते उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो।
भेलाले गत २८ गते ओलीले गरेको निर्णयको विरोध गर्ने निर्णय गरेको छ। बिहीबार भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको हो।
एमाले अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत भएका काम र गुटबन्दी र राष्ट्रियहितविरूद्ध अग्रसर हुन पनि सो समूहले कार्यकर्तालाई निर्देशन दिएको छ।
पत्रकार सम्मेलनमा नेता विष्णु रिजालले भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधानविपरीतका सबै निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको जानकारी दिए।
उनले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्दै एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले ओलीलाई आग्रह गरेको बताए। नेपाल पक्षको राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरू भएको थियो।
भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका थिए।
माधव नेपालको निर्देशनः ओली प्रवृत्ति र विचारको भण्डाफोर गर्नुस्
वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नभएको बताए । नेता नेपालले ओली प्रवृतिसँग हारेर मैदान छाडेर नभाग्ने चेतावनी दिए । एमालेको नाममा गुटको भेला गर्नेलाई कानूनअनुसार कारबाही गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति वरिष्ठ नेता नेपालले चुनौती दिएका छन् ।
एमाले निर्माणमा आफूहरुको रगत, पसिना र बलिदानी रहेको बताउँदै नेता नेपालले ओलीले आफूहरुलाई सोंचे जस्तो सजिलो नभएको बताउँदै भने, ‘ओली प्रवृतिसँग हारेर मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धुलो चटाउँछौ ।’
आफूहरू नडराउने, नतर्सिने बेग्लै धातुको कम्युनिष्ट भएको भन्दै उनले ‘नेताहरू झुक्नु हुन्छु कि’ भनेर नसोच्न कार्यकर्तालाई आश्वस्त समेत पारे । ‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । माथिबाटै शुरू गर्न सक्छन् पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं । घाँटी छिनाए पनि हाम्रो शीर ठडिरहन्छ, केपी ओलीलाई चुनौती दिइरहन्छौं’, नेता नेपालले भने, ‘उनको लिस्टबाट हाम्रो नामहरू हट्ला । तर, कम्युनिष्ट आन्दोलनबाट हटाउने शक्ति पनि छैन सम्भव पनि छैन ।’
एकताअघिकै अवस्थामा एमाले फर्किनु पर्ने आफूहरूको बटमलाइन भएको भन्दै नेपालले त्यसमा कुनै हालतमा नझुक्ने दाबी गरे । नेपालले एमालेभित्रको विवादलाई नेताहरूबीचको लडाइँको रूपमा मात्र नबुझ्न आग्रह समेत गरेका छन् ।
उनले भने, ‘यो नेता–नेताको ‘दन्त बजान’ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो । स्थायी कमिटी र पोलिटब्यूरोमा हामी बलियो छौं । केन्द्रीय कमिटीमा हाम्रो ८७, केपीका ८० छन् । उहाँहरूले केपी प्रवृत्तिविरुद्धको लडाइँमा तपाईंहरूको साथमा छौं भन्नु भएको छ । पुरानो कम्युनिष्ट आन्दोलनका योद्धाहरू पनि हामीसँगै हुनुहुन्छ । इमानदार नेताहरूको साथ हामीले पाएका छौं ।’
नेता नेपाले पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेको भन्दै नेता कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले सोही अनुसार सचेत हुन पनि आग्रह गरेका छन् । ‘लडाउने भिडाउने काम हुनसक्छ तपाईहरु सबै हिसाबले तयार रहनुहोला’, नेता नेपालको भनाइ छ ।
उनले केपी ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएपछि केही सांसदहरुलाई खबर गर्न नपाउँदा उनीहरु गएको चित्त दुखेको हुनसक्ने बताए । ‘तपाईहरु दुःख नमान्नुहोला । चियापान कार्यक्रममा पुग्नुभएछ खबर नहुँदा । गएका साथीहरूलाई बालुवाटारमा अपमान भएछ । ओलीजीको गुटको मानसिकता एकदम गलत छ । वैचारिक विचलन संगठनका ध्वस्त गर्ने आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ । अब हामीले वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ’ नेता नेपालको भनाइ छ ।
यस्ता छन् १७ बुँदे विशेष प्रस्ताव :
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो