काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले भने, ‘अहिले दुई धार छ । एउटा यो संविधानलाई कसरी च्यात्ने होला भन्ने छन्, माओवादी आन्दोलनले पैदा गरेको समावेशी समानुपातिक मान्यतालाई के गरी निस्तेज होला भनेर हिजो देशभित्र र देश बाहिरका गणतन्त्र विरोधी सामन्तवादका दलालहरु, यो संविधान स्वीकार गर्न नसकेकाहरु मिलेर एउटा समूह बनेको छ । उनीहरुले यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् ।’
संविधान र गणतन्त्र सिध्याउन सक्ने पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि ओली भएको उनको आरोप छ । ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि प्रचण्डको दावी छ । ‘२० औं २५ औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा सबैले विचार गर्नु होला । केपी नै देखिए भनेका छन् र अहिले केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’
‘केपीले जालझेल, षड्यन्त्र र पार्टीभित्रै विधि पद्धतिको निर्मम हत्या गर्न थालेपछि विद्रोहको झण्डा कसले उठायो रु विद्रोहको झण्डा पनि त मैले उठाएँ । अब मलाई साथ दिने कि नदिने रु केपी ओलीले ठग्ने काम मात्रै गरेपछि मैले १९ पृष्ठ लामो दस्तावेज ल्याएको हो ।’ उनले ओली प्रवृत्ति आक्रोश पोख्दै भने ।
संविधानलाई मार्ने, क्रियाशील हुन नदिने, कार्यान्वयन हुन नदिने कसरत भएको पनि प्रचण्डले बताए ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते