दुई दिदी-बहिनी एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला

दुई दिदी-बहिनी एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला

sucide

सुर्खेतको पञ्चपुरीमा दुई दिदी-बहिनी मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदिबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

१४ र १५ वर्षीय दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

घर्तीकाअनुसार शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका उनीहरूलाई त्‍यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया बालिका कक्षा ८ मा पढ्दै आएका थिए ।

दुईजना बालिकाहरू आफ्नो सानीआमा (आमाको बहीनी) कमला बादीको घरमा बसेर पढ्दै आएका थिए । स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds