नेकपा एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावलले जिम्मेवारी पूरा गर्न नसकेर दशबुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएका छन् । रावलको राजीनामालाई धेरै महत्व दिन आवश्यक नभएको उनको तर्क छ ।
‘उहाँ (रावल)ले राजीनामा केको गर्नुभो ? सहजीकरणको संयोजक हुनुहुन्थ्यो, सहजीकरण गर्न मैले सकिनँ, त्यसकारण मेरो राजीनामा भन्नुभो,’ रावलको राजीनामाबारे अध्यक्ष ओलीले पत्रकारहरूसँग भने, ‘यो त्यत्रो ठूलो कुरा नै होइन, उहाँको राजीनामा लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन ।’
दशबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै शुक्रबारको स्थायी समिति बैठकमा उपाध्यक्ष रावलले पाँच पृष्ठको असहमतिपत्र दिँदै कार्यदल संयोजकबाट राजीनामाको घोषणा गरेका थिए । तत्कालीन एमालेमा सुदूरपश्चिम इन्चार्ज रहेका रावलले आफ्नो हकमा सहमति लागू नगरिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्ष ओलीले भने संकटका वेला सांसद पद त्यागेर भए पनि आफूलाई साथ दिएकाले दशबुँदे सहमतिका नाममा पूर्वमाओवादी समूहतर्फका नेताहरूको जिम्मेवारी हेरफेर नगर्ने अडान राख्दै आएका छन् ।
अध्यक्ष ओलीले एमाले एकढिक्का रहेको दाबी गर्दै पार्टीमा कुनै समूह नरहेको बताए । विभाजन छोडेर एमालेमै बसेका रावलसहित स्थायी समितिका दश नेताहरूलाई सञ्चारमाध्यमहरूले तेस्रो धार समूह या दश नेताको समूहका रूपमा सम्बोधन गर्दै आएका छन् ।
तर, ओलीले भने पार्टीमा त्यस्तो समूह नै नरहेको बताए । ‘को दश भाइ ? दशजना भन्ने कुरा नै होइन नि ! दशजना माथिका साथीहरू हुनुहोला, अरू तलका हुनुहोला । दशजना र १२ जना भन्ने कुरै छैन । हाम्रो पार्टी एकदम एकढिक्का छ,’ दशबुँदे सहमति कार्यान्वयनको मागबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘बाँकी केही छ, त्यो हुन्छ ।’
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’