राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भोलि देशको प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनी बिहीबार पार्टीको संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि प्रधानमन्त्री नियुक्तिको बाटो खुलेको हो ।
अब भोलि राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।
प्रधानमन्त्री नियुक्तिका लागि रास्वपाले अब संसदीय दलको नेतामा बालेनलाई निर्वाचित गराएको विषय समावेश गरी पत्र राष्ट्रपति कार्यालयमा पठाउने छ । सोही पत्रका आधारमा बालेन नयाँ प्रधानमन्त्री हुनेछन् ।
रास्वपाले राष्ट्रपति कार्यालयलाई पठाउने पत्रमा नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम आफ्नो संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने ब्यहोरा खुलाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यस्तो पत्र पाएपछि राष्ट्रपतिले संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।
अहिले राष्ट्रपति कार्यालय शीलत निवास प्रधानमन्त्री नियुक्तिका लागि पूर्ण तयारी छ । यसअघिकै तयारी अनुसार भोलि चैत १३ गते शुक्रबार रामनवमीको दिन पारेर बालेनसहितका नवनियुक्त मन्त्रीले शपथ लिने छन् ।
शपथ ग्रहण समारोहमा संवैधानिक अंगका प्रमुख, पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका विशिष्ट र प्रथम श्रेणीका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा गरिने प्रचलन छ । यही प्रचलन अनुसार निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि, संसदीय दल बैठक अघि पार्टीको केन्द्रीय समितिले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेकाे छ ।
बिहीबार पार्टी मुख्यालयमा बसेकाे केन्द्रीय समितिले बैठकले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेकाे हाे ।
पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्न गरेकाे प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएकाे हाे ।
सभापति लामिछानेको अभिव्यक्तिसँगै केन्द्रीय समितिको बैठक सकिएकाे प्रवक्ता मनिष झाले जानकारी दिए ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण