प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी छिट्टै पारित हुने बताएका छन्। कोप-२६ मा सहभागी भएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी छिट्टै पारित हुने बताएका हुन्।
कोप-२६ का क्रममा भेट हुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यस विषयमा जिज्ञासा राखेको उनले बताए। “अमेरिकी राष्ट्रपति बाइडेनले एमसीसी के हुन्छ भनेर सोध्नु भएको थियो,” प्रधानमन्त्री देउवाले भने, “एमसीसी छिट्टै पारित गर्छौं भनेको छु।”
राष्ट्रपति बाइडेनले संसद् अधिवेशन अन्त्य गरेको विषयमा समेत जिज्ञासा राखेको देउवाले सुनाए। “एमसीसीका कारणले नभइ हाम्रो आन्तरिक कारणले संसद् अधिवेशन अन्त्य गरिएको हो, महत्वपूर्ण अध्यादेश ल्याउनु पर्ने भएकाले संसद् अधिवेशन अन्त्य गरिएको विषयमा पनि जानकारी गराएँ,” देउवाले भने।
यससँगै कोप-२६ का क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आपसी सहयोगका विषयमा छलफल भएको बताए। निर्माणाधीन लुम्बिनी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि भारतीय हवाइ स्पेस प्रयोगका विषयमा प्रधानमन्त्री मोदी सकारात्मक रहेको देउवाको भनाइ थियो।
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको उनले बताए। त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि आफूलाई भारत भ्रमणमा आउन आग्रह गरेको देउवाले बताए।
एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धन पूरै समय रहने बताए। “गठबन्धन पूरै समय जान्छ। गठबन्धनलाई कुनै किसिमको शंका नगर्नु भए हुन्छ,” देउवाले भने।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान