दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भारतमा पनि भेटिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।
विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
नयाँ भेरिअन्टबाट जोगिन अफ्रिकाबाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टीन
कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ ।
नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन राख्ने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
साथै, ती मात्रुमा संक्रमण देखिए नमुनाहरूको सिक्वेन्सिङ गरिने तयारी गरिएको छ । यसैबीच, आज बस्ने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी बैठकले थप निर्णय गर्ने पनि उनले जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् ।
सम्बन्धित खबर
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने