फेसबुकमा ‘लोन सेवा’ नामक पेज बनाई रकम ठगी गर्ने व्यक्ति पक्राउ

फेसबुकमा ‘लोन सेवा’ नामक पेज बनाई रकम ठगी गर्ने व्यक्ति पक्राउ

Facebook-Jail

काठमाडौं। फेसबुकमा ‘घर जग्जा लोन सेवा’ नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका -११ घर भई हाल काठमाडौं -३ बसुन्धारा बस्दै आएका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भनिने २७ वर्षीय रामचन्द्र चालिसेलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती व्यक्तिले फेसबुकमा ‘घर जग्गा लोन सेवा’ पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै फेसबुक पोष्ट गरी विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पार्दै आएको र ती व्यक्तिहरूबाट सेवा वापत अग्रिम चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिएका थिए।

साथै उनले अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोलेर उक्त बैंकको चेक पीडितहरूलाई दिँदै आएको खुल्न आएको छ।

पीडितहरूले उनले दिएको चेक सटही नभएपछि सम्पर्क गर्दा आफू ठगिएको थाहा पाएपछि उनीविरुद्ध उजूरी दिएका थिए।

हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीमाथि ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds