बेटिङ प्रचारको आरोपमा बल्छी धुर्वे र राजु मास्टरसहित ८ जना पक्राउ

बेटिङ प्रचारको आरोपमा बल्छी धुर्वे र राजु मास्टरसहित ८ जना पक्राउ

Raju-balchhi

काठमाडौँ । अनलाइन जुवा अर्थात् बेटिङ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ, राजु पौडेल, पवन खतिवडा (म्याकुरी), वेगम नेपाली (भटभटे), एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा र सरोज घिमिरे रहेका छन् ।

उनीहरुलाई म्याद थपका लागि आजै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds