काठमाडौँ । कास्की क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले महँङ्गि र आत्यमहत्या न्यूनीकरणमा सरकार गम्भीर नभएको बताएकी छन् ।
महङ्गिले नेपाली समाज ग्रसित छ । दैनिक उपभोग्य वस्तुको अस्वभाविक मुल्य वृद्धिले जनता छट्पटाएको अवस्थामा तिनै तहका सरकार मुल्यवृद्धि नियन्त्रण र नियमनमा मुकदर्षक बनेको आरोप भट्टराईले लगाएकी छन् ।
भट्टराईले सो कुरा मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बताएकी हुन् ।
‘नेपालमा पछिल्लो समय खाध्यान्नमा भएको अत्याधिक मुल्यबृद्दी, समग्र महङ्गी, लैङ्गिक हिंसा र कोभिड १९ पछि आत्महत्याका घटनाहरुमा अस्वभाविक वृद्धि भएकोले यस्ता संवेदनशिल विषयमा नेपाल सरकार अत्यन्तै गम्भीर हुन जरुरी रहेकोले सम्मानित संसद मार्फत सरकार र सरकारका निकायहरुको ध्यानाकर्षण गराउछु ।’
भट्टराईले महँगीकै कारण नेपालमा महिला र घरेलु हिम्सा बढेको बताइन् । उनले २०७८–७९ को तथ्यांकअनुसार बलात्कार बिरुद्धका उजुरी मात्रै २५३२ रहेकोमा २०८० को जेठ र असारमा मात्रै समग्र तथ्यांकको ५२ % घरेलु हिंसाका घटना तथ्यांकले देखाएको उल्लेख गरिन् ।
उक्त अवधिमा ७४ वटा बलात्कारका घटना भएको, १० वटा बलात्कारको प्रयास भएको, ३६ वटा सामाजिक हिंसा, १९ वटा हत्या र ३ वटा हत्याको प्रयासका घटना भएको जानकारी दिइन् ।
यति धेरै हिंसा र हत्याका घटना बढी रहदा समेत भएका नियम कानुनहरूको प्रभाबकारी कार्यान्वयनमा सरकार असफल भएको भट्टराईले उल्लेख गरिन् ।
लैङ्िगक र घरेलुु हिंसाका कारण आत्महत्याका घटना बढेको तर्फ सरकारको ध्यानाकर्षण गराउदै भट्टराईले अघिल्लो संसदको महिला तथा सामाजिक समितीले हिंसाजन्य घटना न्यूनीकरणका लागि विद्यालय तहको पठन पाठनमा अध्ययन अध्यापनको बिषय समाबेश गर्न दिएको निर्देशनको स्मरण गराइन् ।
आत्महत्या न्यूनीकरणका लागि विद्यालय तहदेखि नै मानसिक स्वास्थको बिषय समाबेश गर्न उक्त समितिले निर्देशन दिए पनि सो कार्यान्वयनमा सरकारले चासो नदेखाएको उल्लेख गरिन् ।
‘हिंसा पीडितहरूका लागि सुरक्षित पुनर्स्थापना केन्द्र स्थापना गर्न र स्थानिय तहदेखी नै मनोसामाजिक बिमर्शकर्ताहरूको ब्यबस्था गर्न सरकारलाई संसद मार्फत ध्यानाकर्षण गराउछु ।’ भट्टराईले उल्लेख गरिन् ।
सम्बन्धित खबर
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने