नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताएका छन्।
उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको उनले बताएका छन्। न्युरोसर्जरी/अर्थोपेडिक सर्जरीबाट विज्ञ डाक्टरहरूद्वारा अपरेसन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको अस्पतालले जनाएको छ।
उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत् जनाइएको छ।

यादवमाथि काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम दाैरान एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए। दर्शक दीर्घाको पहिलो लहरमा बसेर भाषण सुनेका नुवाकोटका ४७ वर्षीय श्याम सापकोटाले यादव भाषण गरेर बाहिर निस्कँदै गर्दा उनलाई पच्छ्याएर खुकुरी प्रहार गरेका थिए।
प्रहरीले पक्राउ गर्दैगर्दा सापकोटाले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘एमसीसी खारेज गर्’ भन्दै कराएको सार्वजनिक भएको भिडिओमा सुनिन्छ।
गण्डकीका मुख्यमन्त्रीद्वारा घटनाप्रति निन्दा
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेकोमा यस्तो कार्यको घोर निन्दा एवं भर्त्सना गरेका छन् ।

सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’