काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री र गृहमन्त्रीसँग ‘अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो ?’ भनी प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले यस्तो प्रश्न गरेका हुन् ।
“कांग्रेस सहमहामन्त्री तथा संविधानसभा सदस्य महेन्द्र यादव भाग्यले बाँच्नुभएको छ,” उनको भनाई थियो, “सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । थामथुम पार्ने प्रयास हुँदैछ । यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ । राम्रोसँग अनुसन्धान होस् । गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ ।”
उनले प्रधानमन्त्री र गृहमन्त्री पनि बोलेको सुन्दा कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिएको बताए । “प्रधानमन्त्री गृहमन्त्री बोलेको सुन्छु । काठमाडौंमा एउटा संविधानसभा सदस्य भएको व्यक्ति सुरक्षित छैन भने गृहमन्त्री र प्रधानमन्त्रीलाई छोएको छ कि छैन ?,” उनको प्रश्न थियो, “महेन्द्र यादवले कसैलाई मन नपर्ने कुरा बोले । कसैलाई मन नपराउने बोले भन्दैमा खुकुरी हानिहाल्ने ? यो संसद्भित्र सबैले मनन् गर्ने बेला आएको छ समाजमा असन्तुष्टि छ । हिंसालाई कुनै मानेबाट प्रश्रय दियौँ भने ठूलो मूल्य चुकाउनुपर्छ । यो घटनालाई सामान्यरुपमा लिनुहुँदैन । बैध वा जायज ठहराए नेपाली समाजले ठूलो मूल्य चुकाउनुपर्नेछ ।”
सम्बन्धित खबर
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’