काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री पदमा बालेन शाहलाई १२:३४ बजेको शुभ साइतमा शपथ ग्रहण गराएका हुन्।
समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन, बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो। रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई शुक्रबार बिहान संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो।
नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। मन्त्रीहरूको शपथ अघि प्रधानमन्त्री बालेन शाहले शपथ लिएका थिए।
शपथ लिएलगत्तै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद गठन गरेका हुन्। प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्। डा.स्वर्णिम वाग्ले अर्थ र सुधन गुरूङ गृहमन्त्री बनेका छन्।
यस्तै परराष्ट्रमा शिशिर खनाल,भौतिक पूर्वाधार तथा यातायात सहरी विकास मन्त्रालयमा सुनिल लम्साल,उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विराजभक्त श्रेष्ठ,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गनेस पौडेल (खड्गराज )लाई जिम्मेवारी तोकिएको छ।
यस्तै शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा महता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना,संघीय मामिला तथा सामान्य प्रशासन भूमि व्यवस्था सहकारी गरिवी निवारण मन्त्री प्रतिभा रावल नियुक्त भएका छन्।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम,कृषि तथा पशुपंक्षी विकास वन तथा वातावरणमा गीता चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता बादीलाई दिइएको छ।
सम्बन्धित खबर
बालेनले लिए राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ, मधेसी मूलका पहिलो प्रधानमन्त्री
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष