राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलले साथ दिने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेश खारेजीका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्याइदिने बताएका हुन्।
देशमा ८८४ जना सांसद रहेको र प्रदेश पाल्न मात्रै वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको उनले सुनाए। राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्न मात्र ल्याइएको प्रदेश संरचना खारेज गर्न सरकार अघि बढे राप्रपाले पूर्ण समर्थन गर्ने उनको भनाइ छ।
‘यही संसदबाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्याउन १८४ चाहिन्छ, हामी पुर्याउँछौं,’ संसदमा सम्बोधन गर्दै शाहीले भनेका छन्।
यसैगरी, नेता शाहीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
शाहीले देशको सार्वभौमसत्ता र राष्ट्रिय एकताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्ने दाबी गरेका छन्। नेपाल कुनै दल वा नेताले नभई राजसंस्था र जनता मिलेर बनाएको भन्दै उनले संवैधानिक राजसंस्थाबारे गम्भीर विमर्श सुरु गर्न माग गरेका हुन्।
सम्बन्धित खबर
प्रदेश खारेज गर्न दुई तिहाइ दिन्छौं: ज्ञानेन्द्र शाही
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
बालेन र हर्क अङ्कमाल गर्दै नम्बर साटासाट, हर्क नरम बन्दै भने- काम त राम्रै गर्न खोज्नुभएको छ, तर धेरै हतार भयो
रास्वपाले उपसभापति अर्याललाई सभामुख बनाउने
हर्क साम्पाङले संसदको पहिलो बैठकमै एमसीसी खारेज गर्न माग गरे
एमालेले संसदमै भन्योः ‘रास्वपाको विजयमा सेनादेखि एनजीओसम्मको भूमिका, सबैलाई बधाई’
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो