बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय बालसिंह गुरुङलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तान र जरिवाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गुरुङलाई कात्तिक ७ गते फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनलाई कात्तिक ९ गते आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशपछि कैद भुक्तान र जरिवाना असुल गर्न कारागार कार्यालय स्याङ्जा पठाइएको डिएसपी अवस्थीले जानकारी दिए ।
स्याङ्जा जिल्ला अदालतले २०७६ वैशाख १२ गते बहुविवाह मुद्दामा गुरुङलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि उच्च अदालत पोखराले २०७६ मंसिर ९ गते जिल्लाको फैसला सदर गरेको थियो ।
मुद्दाको अनुसन्धानका क्रममा गुरुङ २०७५ साउन ६ देखि साउन २६ गतेसम्म २१ दिन प्रहरी हिरासतमा बसेका थिए । उक्त अवधि कुल कैदबाट कट्टा गर्दा उनले ११ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेको र पाँच हजार रुपैयाँ जरिवानासमेत असुल गर्नुपर्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बहुविवाह मुद्दामा ७ वर्षपछि पक्राउ, कैद भुक्तान गर्न कारागार चलान
गगन थापा भन्छन्– ‘म चमत्कार गर्न होइन, काम गर्न आएको हुँ’
नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै
दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख
बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो
स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते