काठमाडौं- सिद्धबाबा भनिने कृष्णदास गिरि सुनसरी प्रहरी नियन्त्रणमा छन्। बलात्कार आरोप लागेसँगै सुनसरीको चतरास्थित आश्रमबाट बाहिरिएका उनलाई शुक्रबार बिहान सुनसरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। गिरिमाथि कात्तिक ४ गते एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्।
अहिले सिद्धबाबा पक्राउ प्रकरणमा नयाँ ट्विस्ट आएको छ । आरोप बलात्कारको आरोप लगाएकी महिलाले नै विगत ६ महिनादेखि सिद्धबाबालाई पटक पटक यति लामो च्याट गरेकी थिइन् कि, डाउनलोड गरेर निकाल्दा सो च्याट मात्र ५२ पेज पुगेको छ। नेपाल लाइभ डटकमले सप्रमाण सार्वजनिक गरेको छ । (यहाँ क्लिक गनुृहोस्)
सिद्धबाबाका अनुयायीहरूले भने उनलाई फसाउन नाटक रचिएको दाबी गरेका छन्। उक्त च्याटमा ती महिलाले एकतर्फी रुपमा म्यासेज पठाएको देखिएको छ। जहाँ उनले सिद्धबाबालाई भेट्न, पाउँ, चुम्बन गर्न पाउँ, अंगमाल गर्न पाउँ भन्ने खालका म्यासेज पठाएकी छिन्। ती महिला सिद्धबाबासँगको एकोहोरो प्रेममा परेको देखिन्छ। ती महिलाले ६ महिनादेखि यसरी निरन्तर म्यासेज गरे पनि सिद्धबाबाले भने कुनै रिप्लाई गरेको देखिँदैन।यसरी ती महिलाले सिद्धबाबालाई भेट्न तड्पिएको भन्दै ‘लभ साइन’सहितका म्यासेज निरन्तर पठाउने गरेकी थिइन्।
महिलाले पठाएको च्याटमा लेखिएको छ,
‘जय सिताराम हे प्राणनाथ जुन चरण चुम्न यो मन आतुर छ, ती कोमल चरणमा कोटी कोटी नमन, कसम खाएर नी लेखेसी भन्ने सोचिसिन्छ होला। जे सजाय पनि भोग्न तयार छु। हजुरको मन त मेरो लागि कठोर छ। तर म हजुरलाई पाउन तड्पिरहेको छु। मेरो मनको पीडा हजुरलाई के थाहा? ‘हे प्यारा हजुरको यादमा जुन तरंगले मलाई छुन्छ के यो झुटो हो र? हजुरको अंगालोमा बेरिएर संसार भुल्न मन छ। थोरै माया बर्साए कस्तो हुन्थ्यो होला? एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो हो? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो?’ भन्दै सिद्धबाबालाई प्रश्न गरेकी छन्। तर सिद्धबाबाले कुनै उत्तर दिएको भने देखिँदैन।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन