प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफु जन्मदिन मनाउन तेह्रथुम पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको बताएका छन् । पुस्तौंदेखि काकाकुल बनेको पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनता खुसी भएको उल्लेख गर्दै उनले भने, ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए ।’
ती गाउँमा ३ हजार ३ सय ४३ घर परिवारलाई खान पुग्ने खानेपानी आयोजनाको शिलान्यास गरिएका कारण त्यहाँका जनता खुशी भएको दावी प्रधानमन्त्री ओलीको थियो । ‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो,’ उनले भने, ‘त्यो केक खाएको पत्रकारले देखिसहेनन् ।’
पत्रकारले त्यो कार्यक्रममा ‘स्थानीय जनताले कति रकमको भात खाए ?’ भन्ने समेत हिसाब गरेको भन्दै उनले आक्रोस पोखे । जन्मदिनमा कसैले केक, कसैले माछामासु, कसैले अन्डा, कसैले रक्सी ल्याएको ओलीले बताए । ‘म नेवारको ज्वाइँ हो, ऐलामात्र ल्याउ भन्न मिलेन,’ प्रधानमन्त्री ओलीले भने,‘कसले के–के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ।’
नाकाबन्दी भएको बेला चुप लागेर बस्नेहरु अहिले केक काट्दा उफ्रिएको भन्दै ओलीले आक्रोश पोखे । ‘हिजो नाकाबन्दी हुँदा नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो’ ओलीले भने ।
प्रधानमन्त्री ओलीको जन्म दिनमा नेपालको नक्सा अंकित केक काटिएको भन्दै चर्को आलोचना भएको थियो ।
बाँस्कोटालाई फसाइयो
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको बताएका छन् । नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको बताए ।
बाँस्कोटाले पनि त्यसमा आफ्नो संलग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै ओलीले उनको बचाउ गरेका थिए । नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा राजिनामा दिएर राम्रो काम गरेको ओलीले बताए ।
‘मेरो नाममा पनि उजुरी परेको सुनेको छु,’ उनले प्रश्न गर्दे भने, ‘कत्रो उजुरी परेको छ ? त्यो उजुरीको कुनै काम छैन ।’
सम्बन्धित खबर
सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
धरौटीमा छुट्ने बित्तिकै रविले भने- न्यायको लडाइँ बाँकी छ, सबको हिसाब गर्नु नै छ
एमाले फर्किएकी झाँक्री केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित
रवि लामिछाने भोलि मात्र छुट्ने
गण्डकीका खगराज अधिकारी सचिव पदमा विजयसँगै पदाधिकारीमा इन्ट्री, पद्मा दोहोरिइन्
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे