कोरोनाका कारण गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नहुने भएको भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।
गत चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा अघिल्लो दिन अर्थात चैत ५ गते स्थगित भएको थियो । मन्त्रिपरिषद्को निर्णयबाट परीक्षाका बारेमा अन्योल र तनावमा रहेका देशभरिका चार लाख ८२ हजार विद्यार्थीले राहत पाएका छन् ।
मन्त्रिपरिषद्ले विद्यालयले नै गरेको मूल्याङ्कनलाई आधार मानेर प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको र यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्कन हुनेछ ।
अबेर सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ । यससम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।
नेपालमा १९९० सालबाट प्रवेशिका परीक्षा सुरु भएको हो । प्रवेशिका परीक्षाको इतिहासमा परीक्षा सञ्चालन नहुने निर्णय भएको यो पहिलो घटना हो । विगतमा कुनै कुनै वर्षमा केही दिन र महिनासम्म परीक्षा स्थगित भए पनि पछि सञ्चालन गरिएको थियो ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते