कोरोनाका कारण गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नहुने भएको भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावलाई आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ ।
गत चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा अघिल्लो दिन अर्थात चैत ५ गते स्थगित भएको थियो । मन्त्रिपरिषद्को निर्णयबाट परीक्षाका बारेमा अन्योल र तनावमा रहेका देशभरिका चार लाख ८२ हजार विद्यार्थीले राहत पाएका छन् ।
मन्त्रिपरिषद्ले विद्यालयले नै गरेको मूल्याङ्कनलाई आधार मानेर प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको र यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्कन हुनेछ ।
अबेर सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ । यससम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा लगिनेछ । राष्ट्रिय परीक्षा बोर्डले नै त्यसरी जारी गरिएका प्रमाणपत्रलाई प्रमाणीकरण गर्नेछ ।
नेपालमा १९९० सालबाट प्रवेशिका परीक्षा सुरु भएको हो । प्रवेशिका परीक्षाको इतिहासमा परीक्षा सञ्चालन नहुने निर्णय भएको यो पहिलो घटना हो । विगतमा कुनै कुनै वर्षमा केही दिन र महिनासम्म परीक्षा स्थगित भए पनि पछि सञ्चालन गरिएको थियो ।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
फेवातालमा बेपत्ता युवकको शव फेला