काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि ४६ वर्षीय पुरुष कैलालीकै नवजीवन अस्पतालमा भर्ना भएका थिए । गएको जेठ ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उहाँको असार ३ गते बेलुकी निधन भएको हो ।
यस्तै लम्कीचुहा नगरपालिकाकी महिलाको टाउकोमा चोट लागेपछि उपचारको लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । गएको जेठ ३१ गते अस्पताला भर्ना हुनुभएकी महिलाको असार २ गते सर्जरी गर्नुअघि नमुना सङ्कलन गरिएको थियो । उहाँको असार २ गते नै मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । भेरी अस्पतालमा भएको परीक्षणमा असार ३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष