काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।
२४ घण्टायता डिस्चार्ज हुनेको संख्या ११४ छ ।
नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ३३८ जना रहेको छ ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १५१ जना संक्रमित थपिएका छन् ।
यस्तै, कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०/१० जना छन् ।
यस्तै, कास्की, वाग्लुङ र बाँकेका ९/९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५/५ जना, बैतडी, दैलेखका ४/४ जना, गोरखाका ३, पर्वत र धादिङका २/२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण भेटिएको हो ।
मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९३ हजार १९४ पीसीआर टेस्ट भएको छ । यस्तै, आरडीटी टेस्ट २ लाख ८३ हजार ६९६ भएको छ ।
अहिले पनि ७८ हजार ६३९ जना देशका विभिन्न क्वारेन्टिनमा छन् ।
सम्बन्धित खबर
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
बालेनले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्ः गगन थापा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने
कर्मचारीलाई १५-१५ दिनमा तलब भुक्तानी दिन महालेखाको निर्देशन
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर