काठमाण्डौ – सरकार र नेत्र विक्रम चन्द नेतृत्वको ‘विप्लव’ समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कतासहित अहिले वार्ता भइरहेको छ ।
वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा सरकारी वार्ता टोली र खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको छ । दुवै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् । सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्।
विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ ।
यो समूहले संसदीय व्यवस्थाको विकल्प र सङ्कट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार बनाउने एजेण्डा बोकेको छ । यस्तै वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा जनमतसङ्ग्रह गर्नुपर्ने विप्लव समूहको माग रहेको छ ।
विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। अहिले पनि विप्लव समुहका १ सय २६ जना नेता पूर्पक्षको लागि कारागारमा छन्।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो