नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिभित्र समृद्ध जीवन बिताउने नेपाली युवाहरूको चाहना र समृद्धिको आकांक्षा लुकेको बताएका छन्।
“नेपाली राजनीतिक आन्दोलनको यो एउटा नयाँ दिन हो। यसलाई सफल पार्न योगदान गर्ने वार्ता टोलीका मित्रहरूलाई म बधाई र धन्यवाद दिन चाहन्छु,” नेपाल सरकार र नेकपाबीचमा सम्पन्न सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले भने, “यो सहमति गराउन विभिन्न क्षेत्रबाट भूमिका पुर्याउने कानुनविद, पत्रकार, मानवअधिकारवादी, बुद्धिजीवि, सेना, प्रहरी र अन्य कम्युनिस्ट पार्टीका मित्रहरू सबैलाई यो अवसरमा म सम्मान गर्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु।”
“यो सहमतिको पछाडि हाम्रो एउटा महान आकांक्षा छ। नेपाललाई स्वाधीन, आत्मनिर्भर र सुन्दर बनाउने आकांक्षा छ। समृद्धिको आकांक्षा, नेपाली युवाहरूले राखेको समृद्ध जीवनको चाहना यसभित्र रहेको छ। यसलाई पूरा गर्नका लागि सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त गर्यौं। हामी खुसी छौं र हामी धन्यवाद भन्न चाहन्छौं।”
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य