प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको संसदीय दलको बैठकको कुनै अर्थ नरहेको बताएका छन्। नेत्रविक्रम चन्द विप्लवलाई भूमिगत जीवनबाट सार्वजनिक गर्ने क्रममा शुक्रबार राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
केहीले संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेँ, कुन दलको हो थाहा छैन तर म नेता यहाँ छुु, ओलीले भने, आफ्नो दुईतिहाइ भत्काएर छाड्ने, अनि अन्त गएर प्रधानमन्त्री खाइदिनुस् लिइदिनुस् न हामी बनाउँछौँ नि भन्नेरु हामी कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्दैनौँ, भनेका छैनौँ र भन्दैनौँ पनि !
ओलीले सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभा फिर्ता आएपछि तमासा सुरु भएको बताए। यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला, नेपाली जनताले भोग्दै जानुपर्लाु, उनले भने, सरकार ढाल्ने बहुतै गम्भीर र उधुमै प्रयास भएको छ ।
उनले २०७३ सालमा पनि यसैगरी सरकार ढालिएको स्मरण गरे। उतिखेर पनि यसैगरी सरकार ढालेका थिए। तर हामीले जस्केलो, झ्याल र भेन्टिलेसनबाट छिरेर होइन, मूल सडकबाट, मूल ढोकाबाट सरकारमा आउँछौँ भनेका थियौँ, उनले भने, हामीले सिंहदरबारको मूल ढोकाबाट सरकारमा गएको हो। पार्टी प्यालेसमा मान्छे बोलाएर अध्यक्ष भएको होइन, महाधिवेशनबाट जितेर आएको हो ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य