उमेर छँदैछ, फेरि एकपटक लड्नेवाला छु: प्रचण्ड

उमेर छँदैछ, फेरि एकपटक लड्नेवाला छु: प्रचण्ड

prachanda pics

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उमेर अझै बाँकी रहेकोले आफू फेरि एकपटक क्रान्तिमा अगाडि जाने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले माओत्से तुङको उदाहरण दिँदै आफूले अझै एकपटक क्रान्तिको नेतृत्व गर्ने बताएका हुन्।

‘एकपटक कोर्स करेक्सन गरेर प्रतिक्रियावाद र अवसरवादका विरुद्ध लड्न अगाडि बढनुपर्छ भन्ने संकल्प मैले गरेको छु। यद्यपि जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६-६७ वर्ष भएँ। उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन’, अध्यक्ष प्रचण्डले भने, ‘माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए। ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। तपाईंहरु विश्वस्त रहनुहोला, म छोड्नेवाला छैन, लड्नेवाला छु।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds