काठमाडौं । सर्बोच्च अदालतबाट पुनर्स्थापित नेकपा एमालेका नेताहरु फेरि एक हुने प्रयाशमा छन् । चर्को तिक्तता पोखिसकेका नेताहरु अदालतको फैसलापछि आमनेसामने हुन थालेका छन् ।
अर्कातिर माओवादी केन्द्र पनि आफूसँग छुटेर एमाले नेतृत्वको सरकारमा बसिरहेका नेताको प्रतिनिधिसभा सदस्यको हैसियतलाई सौदाबाजीको हतियार बनाएर आन्तरिक छलफलमै व्यस्त देखिन्छ ।
यी दुबै कम्युनिस्ट पार्टीलाई विवादमा फस्न र अल्झिन नदिएर एउटै कम्युनिस्ट पार्टीको नेतृत्वमा प्रतिनिधिसभाको पूर्ण कार्यकाल बिताउन अनेकौं प्रयाश गरिसकेको उत्तरी छिमेकी चीन अहिले फेरि एकता गराउन दिलोज्यानले लागिपरेको बुझिएको छ ।
प्रचण्ड झस्किए, बामदेव आत्तिए
आइतबारसम्म एकअर्काविरुद्ध खरो टिप्पणीमा उत्रिएका नेताहरु सोमबार छलफलमा बसेका छन् । करिब चार महिना देखिएको संवाद तोड्दै सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
यी दुई नेताको टकरावले साविक नेकपाभित्र म्याराथन विवाद भयो भने अहिले एमाले पनि विभाजनतर्फ उन्मुख भएको छ । साथै एमालेका नेपाल–खनाल समूहको साथमा ओली सरकार ढालेर नयाँ बनाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजना रहेको छ । तर, यसलाई असफल पार्न सक्ने गरी सोमबार अध्यक्ष ओली र नेता नेपालबीचको संवादहिनता तोडिएको छ ।
ओली–नेपालबीचको संवादका कारण कतै आफ्नो योजनाले मूर्त रुपमा लिन नपाउलाकी भन्ने आशंका प्रचण्डमा उब्जिएको छ । एकाएक ओली र नेपालबीचको भेटवार्ताले प्रचण्ड झस्किएका छन् । माहिर राजनीतिक खेलाडीका रुपमा देखिएका ओलीको आगामी रणनीतिबारे प्रचण्डले विशेष निगरानी गरिरहेका छन् ।
यता, सार्वजनिक रुपमा एकअर्काविरुद्ध लज्जास्पद टिप्पणी गरेका ओली र नेपालबीच भेटवार्ता भएपछि वामदेव गौतम पनि चनाखो भएका छन् ।
प्रधानमन्त्री बन्ने महत्वकांक्षाले साविक नेकपाको कुनै समूहमा नलागेर तटस्थ देखाएका गौतम एमाले ब्यूँतिएसँगै नेकपा एकताको अभियानमा ब्रेक लागेको छ । यही बेला भएको ओली र नेपालबीचको भेटवार्ताले नेता गौतम पनि नयाँ रणनीति बुन्न थालेका छन् । सोमबार ओली र नेपालबीचको भेटवार्तालाई महत्वका साथ हेरेका नेता गौतमले आफू पक्षधर नेताहरुको बैठकसमेत बोलाएका छन् ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य