प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चियापान बहिस्कार गर्ने नेताहरुलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् ।
मंगलबार बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीमा कसैमाथि अन्याय नहुने बताउँदै कार्यकर्तालाई गुटगत भेलामा सहभागी नहुन निर्देशन दिएका छन् ।
बालुवाटारमा आयोजित चियापान कार्यक्रम माधवकुमार नेपाल समूहका नेताहरुले बहिस्कार गरेका छन् ।
चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताए ।
‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे’ उनले अघि भने, ‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ?’
उनले अघि भने, ‘हुन त सबैलाई थाहा छ, नभनौं ।’
यद्यपि ‘बहिस्कारको निर्णय गर्नु भएको होइन होला, कुनै कारणवश आउन भ्याउनुभएन होला’ भन्ने ठानेको ओलीले बताए ।
त्यस्तै, माधव नेपाल र झलनाथ खनालले आफ्नो गुटको छुट्टै बैठक राखेर पार्टीमा भाँडभैलो मच्याउन खोजेको आरोप लागउँदै ओलीले भने ‘पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा फर्किइसके पछि पनि फेरि एक गुटको बैठक, राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने र एउटै पार्टीमा बसेर अराजकता मच्याएर अचाक्ली गर्ने काम भयो,’ ओलीले भने, ‘पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, भाँडभैलो मच्याउने कुरा अब स्वीकार्य हुन सक्दैन। अब अनुशासनहीनता भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संसद नियमावली छ, त्यसतर्फ सोच्न आग्रह गर्छु।’
एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आफ्नफ समूहको राष्ट्रिय भेला आयोजना गरेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ