महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सक्रिय राजनीतिमा फर्किनुपर्ने दायित्वबोध भएको भन्दै पत्रकार सम्मेलन गरेर खरेलले राजीनामा दिएको स्पष्ट पारेका हुन्।
‘तीन वर्षको राजनीतिक जीवनको विश्रामपछि मेरो अन्तस्करणले मलाई साविककै कामलाई निरन्तरता दिन उत्प्रेरित गर्यो। त्यही भूमिकामा क्रियाशील हुनुपर्ने दायित्वबोध पनि भयो’, उनले भनेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँगको परामर्शमा नै मैले स्वेच्छापूर्वक यो जिम्मेवारीबाट विदा लिएको हुँ।’
८ फागुन २०७४ मा महान्यायाधिवक्ता पदमा नियुक्त भएका खरेलले राजीनामा दिँदै १० बुँदाको भाषणसमेत गरेका छन्।
महान्यायाधिवक्ता बन्दै बडाल
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका छन् ।मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउने व्यवस्था छ ।
बडाल पछिल्लो समय प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । उनी संसद् विघटनको पक्षमा पनि उभिएका थिए । पछिल्लो समय ओलीले उनीसँग कानुनी राय लिने गरेका थिए । उनी अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपध्यक्षसमेत हुन् । उनले जिफन्टका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग लामो सहकार्य गरेका छन् ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते