महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सक्रिय राजनीतिमा फर्किनुपर्ने दायित्वबोध भएको भन्दै पत्रकार सम्मेलन गरेर खरेलले राजीनामा दिएको स्पष्ट पारेका हुन्।
‘तीन वर्षको राजनीतिक जीवनको विश्रामपछि मेरो अन्तस्करणले मलाई साविककै कामलाई निरन्तरता दिन उत्प्रेरित गर्यो। त्यही भूमिकामा क्रियाशील हुनुपर्ने दायित्वबोध पनि भयो’, उनले भनेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँगको परामर्शमा नै मैले स्वेच्छापूर्वक यो जिम्मेवारीबाट विदा लिएको हुँ।’
८ फागुन २०७४ मा महान्यायाधिवक्ता पदमा नियुक्त भएका खरेलले राजीनामा दिँदै १० बुँदाको भाषणसमेत गरेका छन्।
महान्यायाधिवक्ता बन्दै बडाल
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा सिफारिस गरेका छन् ।मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउने व्यवस्था छ ।
बडाल पछिल्लो समय प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । उनी संसद् विघटनको पक्षमा पनि उभिएका थिए । पछिल्लो समय ओलीले उनीसँग कानुनी राय लिने गरेका थिए । उनी अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपध्यक्षसमेत हुन् । उनले जिफन्टका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग लामो सहकार्य गरेका छन् ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो