काठमाडौँ ३ मंसिर- एकमात्र छोरो प्रकाश दाहालको निधन भएको खबर सुनेपछि आमा सीता दाहाल मुर्छित भएकी छिन ।
आइतबार विहान आफ्नो छोराको निधन भएको खबर सुनेपछि उनी भक्कानीदै अर्थ बेहोस भएकी थिइन् । जेठी छोरी ज्ञानु दाहालको दुई वर्ष अघि नै क्यान्सरले लगेको थियो लगातार पुत्रपुत्री वियोगले दाहाल परिवार छटपटाईरहेको छ ।

पुत्र वियोगमा छटपटीए पनि छोराको मृत शरीर अन्तिम पटक हेर्न उनी पति प्रचण्डसहित नर्भिक पुग्दैछिन् । यद्यपी प्रचण्ड काठमाडौँ आईनपुगुन्जेल मृत घोषणा नगर्ने भनेपछि अस्पतालकै सहमतिमा उनको मृत्युको घोषणा नभएको बुझिएको छ ।
धार्मिक परम्परा अनुसार अन्त्यमा पानी खुवाउने चलन भएकाले पनि अस्पतालले अभिभावक आएपछि मात्र मृत घोषणा गर्ने गरेको छ ।
प्रकाश बाँचुञ्जेल उनी आफ्नो व्यक्तिगत कारण विवादमा आईरहे । तर व्यक्तिगत तथा पार्टीगत हिसाबमा भने उनी कुबल र असल रुपमा चिनिने जानकारहरु बताउँछन् ।

व्यक्तिगत कमजोरी त सबैको हुन्छ । त्यसले अरुलाई कति असर परेको भन्ने कुरा हो । अरु नेताका छोराछोरी विदेशमा पढ्ने, मोज गर्ने गरिरहँदा प्रकाश भने प्रचण्डलाई नै साथ दिँदै आएका थिए ।

सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो