कालिकोट, २६ फागुन : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका- ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीयको कुखुरा चोरेर खाएको आरोप लागेकाे छ।
गत फागुन ६ गते राति वडा अध्यक्ष र वडा सदस्य मिलेर स्थानीय अर्जुन खत्रीको कुखुरा चोरेर खाएको आरोप लागेकाे हाे। वडा अध्यक्ष केसी नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि हुन्।
फागुन ६ राति वडा अध्यक्ष र वडा सदस्यले कुखुरा चोरेर खाएको स्थानीयले थाहा पाएपछि अहिले उनीहरू गाउँ छाडेर भागेको सुरक्षाका कारणले नाम नबताउँने सर्तमा एकजना स्थानीयले बताए। ‘वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर भागेका छन्।’ उनले भने, ‘गाउँमा सबैले कुखुरा चोरेको थाहा पाएपछि उनीहरू भागेका हुन्।’
वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर खाएको गाउँमा अहिले राजीनामा माग गर्दै स्थानीयले प्रेस विज्ञप्ति निकालेर गाउँमा टाँससमेत गरेका छन्। स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरा चोरेर खाएको प्रमाणित भएको छ उनीहरूले नैतिकताका आधारमा राजीमाना दिनुपर्छ।’

घटनाबारे थाहा छैन : वडा अध्यक्ष
खुकुरा चोरी खाएको आरोप स्थानीयले लगाएका विषयमा तपाईंको धारणा के हो भनेर वडा अध्यक्ष केसीलाई सम्पर्क गर्दा केसीले आफूलाई त्यस विषयमा थाहा नभएको र आफू सदरमुकाममा रहेको वडा जान बाटोमा हिँड्दै गरेको बताए। ‘कुखुरा चोरेको आरोप कसले लगायो थाहा भएन।’
उनले भने, ‘अहिले म गाउँमा जाँदै छु। बुझेर तपाईंलाई खबर गरौँला।’ वडा अध्यक्षले कुखुरा चोरी खाएको विषयमा गाउँपालिकामा कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘वडा अध्यक्षका विषयमा गाउँपालिकामा कुनै जानकारी छैन’ उनले भने।

थाहा खबरबाट साभार
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने