काठमाडौं, २६ फाल्गुण – नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई डाक्टरलाई कारबाही गरेको छ। काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको फेला पारेपछि डा प्रवीण नेपाल र डा शैलज रञ्जितकारलाई एक महिना निलम्बन गरेको हो।
काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्। काउन्सिल स्रोतका अनुसार छानबिनका क्रममा दुबै डाक्टर दोषी देखिएकाले निलम्बनको निर्णय भएको हो। काउन्सिलले छानबिनका क्रममा दुबै डाक्टरलाई छलफलका लागि बोलाएको थियो।
छलफलका क्रममा डाक्टरले काउन्सिललाई दाहिने घुँडाकै शल्यक्रिया गर्नुपर्ने भएर गरेको भन्दै ढाँटेका थिए। तर, काउन्सिलले बिरामी पक्षसँग भएको सहमति, बिरामीको मेडिकल रिपोर्ट लगायतका अन्य विविध विषयमा अनुसन्धान गरेको थियो।
चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा प्रवीण नेपाल र डा शैलेज रञ्जितकारले परिवाससँग गल्ती स्वीकार गरिसकेका छन्।
डा नेपालले चितवनमै रहेकी पौडेलको एमआरआई रिपोर्ट हेरेर शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएपछि उनी चितवनबाट बिहीबार काठमाडौं आई नर्भिक अस्पताल पुगेकी थिइन्। बिरामी पौडेलले धेरै दुखाइ नरहेको बताए पनि डा नेपालले शल्यक्रिया नगरे पछि समस्या पर्ने बताउँदै उनको शुक्रबार शल्यक्रिया गरेका थिए।

शल्यक्रियापछि आफन्त भेट्न जाँदा देब्रेको ठाउँमा दाहिने खुट्टाको शल्यक्रिया भएको पत्ता लागेको थियो। उक्त घटनामा बिरामीका आफन्तले आपत्ति जनाएपछि डा नेपालले देब्रे खुट्टा ठानेर शल्यक्रिया गर्दा दाहिने खुट्टाको भूलवश शल्यक्रिया भएको भनी स्वीकारेका छन्।
चिकित्सकले गल्ती भएको स्वीकार गरेपछि अस्पतालले बिरामीका आफन्तसँग सहमति गरेको छ। बिरामी पौडेलको दुवै खुट्टाको निःशुल्क उपचार गर्ने, विज्ञ चिकित्सकका आधारमा सबै उपचार अस्पतालले गरिदिने र बिरामीको घुँडाको उपचार नेपालमा सम्भव नभए विदेश लगेर गर्ने र खर्च अस्पतालले व्यहोर्ने सहमति अस्पतालले गरेको हो।

सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने