दुलेगौँडा, २२ चैत्र । तनहुँको शुक्लागण्डकी स्थित दुलेगौँडा बजारमा राजमार्गको दायाँ बाँया सञ्चालन गरिएका ठेला तथा फुटपाथ व्यवसाय हटाइएको छ ।
शुक्लागण्डकी वडा नं. ४ भित्र पर्ने गाछेपानीदेखि गल्छिनासम्म पृथ्वीराजमार्गको दायाँ बायाँ रहेका होडिङ्गबोर्ड र फुटपाथ व्यवसाय हटाइएको हो । वडा नं. ४ का वडाध्यक्ष शिव कुमार श्रेष्ठको नेतृत्वमा निस्केको जनप्रतिनिधि, स्थानीय व्यवसायी एवं अनुगमन टोलीले सरकारले सडक मापदण्ड तोकेको ८२ फुट भन्दाभित्र सञ्चालित अव्यवस्थित तथा फुटपाथ व्यवसाय हटाइएको हो ।
वडाले गत चैत्र ५ गते सरोकारवाला व्यक्ति तथा निकायसंग छलफल गरेर चैत १९ गतेसम्म मापदण्डभित्र सञ्चालित सबै खाले व्यवसाय र संरचनाहरु हटाउन सूचना जारी गर्दै १५ दिने समय दिइएको थियो । तोकिएको मितिभित्र अटेर गरी सञ्चालन गरिएका ठेला जफत गरेको छ भने होडिङ्ग बोर्डहरु हटाइएको छ ।
त्यस्तै, वडा कार्यालय र दुलेगौँडा बजार इकाइले सञ्चालन गरेको यो अभियान विवाद रहित भने भएन । साथै विभिन्न बैंक तथा व्यवसाय सञ्चालनका लागि मापण्दण्ड विपरित राखिएको जेनेरेटर हटाउन समस्या आएको थियो । तर वडाध्यक्ष शिव कुमार श्रेष्ठले भने यो अभियानमा जत्ति नै विरोध आए पनि आफु पछाडी नहट्ने बताए । उनले भने, ‘यो काम सजिलो त होइन, तर कुनै पनि काम विरोध नआइकन सफल हुदैन, सबैलाई बुझाउँदै छु, बजार सफाईको अभियानमा अडिक भएर लाग्छु र यो बजारलाई नमुना बनाउँछु । कसैको विरोध र दबाबबाट पछाडी हट्नेवालामा छैन ।’

वडाले चालेको यो अभियानले ठेला व्यापारीहरुलाई तत्कालै मर्का परेको भए पनि आफुले वडा कार्यालय भवन नजिकै व्यापारको लागि व्यवस्था गरिसकेको श्रेष्ठले बताए । उनले बजारमा मापदण्ड विपरित बनाइएका घरका भ¥याङ, अव्यवस्थित रुपमा गरिने पार्किङलाई पनि दोस्रो चरणको अभियान छिट्टै संचालन गरेर व्यवस्थित गर्ने बताए ।
यस्तै दुलेगौँडा बजार इकाई समितिका सभापति राज कुमार वाग्लेले एक पटक मात्र अनुगमन गरेर बजार दीर्घकालिन रुपमा सरसफाई नहुने बताउँदै यस अभियानलाई निरन्तरता दिने बताए । उनले व्यवायीहरुलाई अनुशासित ढङ्गले मापदण्डमा रहेर व्यवसाय संचालन गर्न आग्रह गर्दै बजार अनुगमनको टोली जुन सुकै बेलामा अनुगमनमा निस्कन सक्ने र नियम विपरीत संचालन गरको भेटेमा सबै सामान जफत गर्ने र आवश्यक कानुनी कारबाही समेत गरिने चेतावनी दिए।
बजार सफाईको अभियानमा स्थानीय युवाहरुको पनि पूर्ण सर्मथन रहेको बताउँदै शुक्लगण्डकी युवा क्लबका अध्यक्ष युवराज भट्टराइले क्लबले गर्न सक्ने सबै खाले सहयोग गर्ने बताए ।

अभियानको प्रत्यक्ष मारमा परेका ठेला व्यवसायीहरुले भने वडाले व्यापार नै नहुने ठाउँमा आफुहरुलाई तर लगाउन खोजेको आरोप लगाए । वडाले व्यवस्थापन गरेको ठाउँ व्यापारिक दृष्टिले उचित नभएको उनीहरुको गुनासो छ । पूर्वधार निर्माण नै नगरी एकतर्फी रुपमा ठेला व्यवसाय हटाउने अभियान चलाउनु वडा कार्यालयको कमजोरी भएको एकथरीको तर्क छ ।
-राज कुमार आले/रेडियो ढोरबाराहीबाट
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’