तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे

कुटपिट

तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे

tanahu kutpit 1

तनहुँमा एक शिक्षकले विद्यार्थीहरूलाई निलडाम हुने गरेर कुटपिट गरेपछि अभिभावकको कुटाई खाएका छन् ।

व्यास नगरपालिका- ३ शान्तिनगरस्थित दमौली आवसीय माविका शिक्षक अर्विन नेपालीले कक्षा ८ का विद्यार्थीहरूमाथि कुटपीट गरेका थिए । कुटाइ खाएका मध्ये तीन जना विद्यार्थीका शरीरमा निलडाम भएको थियो ।

विज्ञान शिक्षक नेपालीले कक्षा ८ मा अध्ययनरत संकल्प कँडेल, रिदम खड्का र जुन गुरुङलाई पाइपले निलडाम हुने गरेर कुटेका हुन् । गाला, ढाँड र कम्मरमा डाम बस्ने गरेर कुटेका छन् ।

शिक्षक नेपालीले एक्सट्रा क्लासमा मकै खाएपछि कुटेको बताएका छन् । उनले प्रश्न सोध्दा उत्तर नदिएपछि कुटेको प्रतिक्रिया दिएका छन् ।

को हो । बाहिरको प्रश्न सोधेको छैन । जानेनन् । त्यसपछि कुटेको हो ।

विद्यार्थी कुटेको निहुँमा आक्रोशित २ जना अभिभावकले पनि शिक्षक नेपालीका गालामा थप्पड हानेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ