किरण श्रेष्ठ तनहुँ, वैशाख १३ / राष्ट्रिय फोटो पत्रकारिता दिवस २०७५ को अवसरमा नेपाल फोटो पत्रकार महासंघ तनहुँ शाखाले दमौलीमा बिहीबार विविध कार्यक्रम गरेको छ । शाखाद्धारा व्यास नगरपालिका–५ चापाघाट, दमौलीमा स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा कार्यक्रम गरिएको हो ।
सो अवसरमा आश्रममा अश्रित व्यत्तिहरुलाई फलफूल वितरण, पत्रकारलाई सम्मान, प्रभातफेरि, कार्यक्रम गरिएको छ । कार्यक्रममो प्रमुख अतिथिमा व्यास नगरपालिकाका प्रवत्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ रहेका थिए । सो अवसरमा वडाध्यक्ष श्रेष्ठले फोटोले समाचारको महत्व बढाउने बताए ।
वेदव्यास जेष्ठ नागरिक आश्रमका महिलाहरुले जेष्ठ नागरिकहरुको स्याहार सुसार गरी राम्रो ख्याती कमाएकोले वडाको गर्व बढेको अध्यक्ष श्रेष्ठले उल्लेख गरेका थिए । साथै उनले आश्रमले अघि सारेको भवन निमाणको कार्यलाई वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले समाचारको विश्वासनियताको आधार भनेको फोटो रहेको बताए । अध्यक्ष आचार्यले फोटो सहितको समाचार भएमा सबैले विश्वास गर्ने उल्लेख गर्दै हजारौं शब्दले व्यत्त गर्न नसकेको कुरा फोटोबाट प्राप्त हुने बताए ।

साथै अध्यक्ष आचार्यले आश्रम सञ्चालन गर्ने महिलाहरु पैसा भन्दा पनि परोपकारलाई प्राथमिकता दिएर काम गरेकोमा प्रशंसा गरे । कार्यक्रममा रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष दामोदर भण्डारीले राम्रो काम गर्दा सबैको साथ र सहयोग पाईने बताए । आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले समाजमा साहार विहीन भएका जेष्ठ नागरिकको सेवा गर्न पाउँदा मनमा सन्तुष्टि मिलेको बताए ।
साथै उनले सबैले सद्भाव र माया पाएकाले भविष्यमा आश्रमको क्षमता बृद्धि गर्ने नयाँ भवन बनाउने योजना रहेको बताइन । कार्यक्रमका अवसरमा नेपाल फोटो पत्रकार महासंघ तनहुँ शाखाकी कोषाध्यक्ष मिला दरैलाई बधाई तथा सम्मान गरिएको थियो । कोषाध्यक्ष मिलालाई आदिवासी जनजाति पत्रकारहरुको छाता सङ्गठन फोनिजको केन्द्रीय सदस्यमा निर्वाचित भएकोले सम्मान तथा बधाई गरिएको हो । कार्यक्रम नेपाल फोटो पत्रकार महासघ तनहुँ शाखका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा शाखाकी उपाध्यक्ष शिला वाग्ले, सदस्यहरु विष्णु गौतम, किरण श्रेष्ठ, आश्रमकी सचिव निर्मला मल्ल, कोषाध्यक्ष अरुणा श्रेष्ठ, सहसचिव सरु श्रेष्ठ लगायतले फोटो विनाको पत्रकारिता सम्भव नभएको कुरामा जोड दिएका थिए । नेपालको जेठो प्रकाशन सस्था गोरखापत्रमा विस १९८४ साल बैसाख १३ गते पहिलो पटक फोटो छापिएको थियो । विरगंज निवासी स्थानीय सुर्यमती श्रेष्ठले आफ्नो कपासको बगैंचामा चर्खाले धागो काटिरहेको छापिएको थियो । त्यसै दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाईन्छ ।
‘सत्य समाचार, फोटोपत्रकारिता नै अन्तिम आधार’ भन्ने नाराका साथ विभिन्न रचनात्मक कार्यक्रमहरु जस्तै फोटोपत्रकारिता अवार्ड, प्रभातफेरि, अन्तरकृया, फोटो प्रदर्शनी, चियापान तथा सामाजिक सेवा लगायतका कार्यक्रमहरूको आयोजना गरि देशैभरि मनाईएको नेपाल फोटो पत्रकार महासंघले जनाएको छ ।

सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’