तनहुँको नारीघाटमा एक्साभेटरमा आगलागी

तनहुँको नारीघाटमा एक्साभेटरमा आगलागी

jcb

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं. २ नारीघाटमा गएराती एउटा एक्साभेटरमा आगलागी भएको छ । सडक छेउमा रोकी राखिएको शेर बहादुर गुरुङको ग.१ त. ३१८८ नम्बरको एक्साभेटरमा गएराती सवा १ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

के कारणले जे.सी.बी. मा आगलागि भएको भन्ने बारे अहिले सम्म खुल्न नसकेको प्रहरी निरीक्षक सन्तोष रोक्काले बताए । कसैको रिसिइबीका कारण अथवा इन्जिनको आफ्नै कारणले आगलागि भएको हो की भन्नेबारे प्रहरीले थप अनुसंधान जारी राखेको छ । आगजनीबाट एक्साभेटरको चालक बस्ने भाग र तेल राख्ने ट्याङकी जलेर नष्ट भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ