नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य

समझदारी

नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य

da79e7ee-b687-4374-8bc7-415499db6d21

एसओएस हर्मन माइनर विद्यालय गण्डकीले राष्ट्रिय आविष्कार केन्द्र तथा आर्टिफिसियल इन्टेलिजेन्स कम्युनिटी नेपालसँग नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ । शिक्षालाई नवप्रवर्तन, प्रविधि र बजारका परिवर्तित आवश्यकता तथा वास्तविकतासँग जोड्दै भविष्यका लागि आवश्यक सक्षम र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त समझदारीमा हस्ताक्षर गरिएको हो ।

विद्यालयमा आयोजित एक समारोहका बीच एसओएस बालग्राम गण्डकीका तर्फबाट परियोजना निर्देशक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपभक्त आचार्य, विद्यालयका प्राचार्य चूडामणि सुवेदी तथा राष्ट्रिय आविष्कार केन्द्र पोखराका तर्फबाट इन्द्र ओली, आर्टिफिसियल इन्टेलिजेन्स कम्युनिटी नेपालका तर्फबाट प्रदीप दाहाल तथा भूतपूर्व विद्यार्थी मञ्च एसओएस गण्डकीका तर्फबाट कुमार भण्डारी र डा. रविमोहन ढकालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।

विद्यार्थीरूमा व्यावहारिक ज्ञान, प्राविधिक दक्षता, सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता तथा नवप्रवर्तनकारी दृष्टिकोण विकास गर्ने उद्देश्यबाट अभिप्रेरित भएर यो सहकार्य गरिएको एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले बताए । विभिन्न कार्यक्रमका माध्यमबाट एसओएस गण्डकीका विद्यार्थीहरूमा प्रयोगात्मक सिकाइ, प्रविधिमा आधारित परियोजना, मार्गदर्शन तथा नवीनतम प्रविधिसँगको प्रत्यक्ष अनुभवका अवसरहरू सिर्जना गर्न उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको विद्यालयका प्राचार्य चूडामणि सुवेदीले जानकारी दिए ।

‘शिक्षा र वास्तविक जीवनबीचको दूरी घटाउँदै कक्षाकोठाको सिकाइलाई बजार, प्रविधि र समाजका वास्तविक आवश्यकतासँग जोड्ने उद्देश्यले हामीले यो प्रयास थालनी गरेका हौँ ।’ प्राचार्य सुवदीले भने, ‘यस पहलले विद्यार्थीहरूलाई केवल ज्ञान हासिल गर्न मात्र नभई उक्त ज्ञानलाई सिर्जना, नवप्रवर्तन र समाधानमा रूपान्तरण गर्न सक्षम बनाउने छ ।’

नवप्रवर्तनप्रति झुकाव भएका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यो सहकार्य भविष्यका लागि दक्ष, प्रविधिमैत्री, सिर्जनशील र आत्मनिर्भर मानव संसाधन विकास गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम भएको कार्यक्रमका सहभागी वक्ताहरूले बताए ।

प्रविधिमैत्री सिकाइमा विश्वास राख्ने नवप्रवर्तनकारी सोच भएका विभिन्न सङ्घसंस्थाबीच भएको यस किसिमको सहकार्यबाट भविष्यमा विद्यार्थीहरूको सिकाइ, नवप्रवर्तन, सिर्जना र रूपान्तरणका क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने विश्वास लिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ