किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारीबाट मंगलबार प्रहरीले लागु औषध गाजा सहित एक महिला लाइ पक्राउ गरेको छ ।
कमलबारी जलबिरेमा रहेको तनहुँ जलबिरे कटेज संचलान गर्ने सोहि स्थान बस्ने बर्ष ३७ की तारा थापा मगरले गाँजाको बेचबिखन गरेकाले प्रहरीले पक्राउ गरेको हो । उक्त कटेजबाट लागु औषध गाँजाको बेचबिखन तथा कारोबार हुने गरेको सुचनाको आधारमा उक्त स्थानमा निग्रानी बढाउदा प्रहरीले गाजाको कारोबार हुने गरेको पुष्टि भएपछी कटेज संचालक मगर लाइ पक्राउ गरेको हो ।
मगरले संचालन गरेको कटेजको खानतलासी लिदा कोठा भित्र प्लाष्टिक भित्र पत्रिकाले प्याकिङ गरेर पोका-पोका पारेर राखेको अबस्थामा प्रहरीले उक्त गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बिक्रिको लागि राखेको ७० पोका गाँजा फेला पारी उक्त लागु औषध कानुन बमोजिम बारमद गरी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कटेज संचालक मगरले एउटा पोकाको १०० रुपैयामा बेचबिखनको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
कालीगण्डकी गोल्डकपमा पोखरा र गोरखा सेमिफाइनलमा
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते