किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारीबाट मंगलबार प्रहरीले लागु औषध गाजा सहित एक महिला लाइ पक्राउ गरेको छ ।
कमलबारी जलबिरेमा रहेको तनहुँ जलबिरे कटेज संचलान गर्ने सोहि स्थान बस्ने बर्ष ३७ की तारा थापा मगरले गाँजाको बेचबिखन गरेकाले प्रहरीले पक्राउ गरेको हो । उक्त कटेजबाट लागु औषध गाँजाको बेचबिखन तथा कारोबार हुने गरेको सुचनाको आधारमा उक्त स्थानमा निग्रानी बढाउदा प्रहरीले गाजाको कारोबार हुने गरेको पुष्टि भएपछी कटेज संचालक मगर लाइ पक्राउ गरेको हो ।
मगरले संचालन गरेको कटेजको खानतलासी लिदा कोठा भित्र प्लाष्टिक भित्र पत्रिकाले प्याकिङ गरेर पोका-पोका पारेर राखेको अबस्थामा प्रहरीले उक्त गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बिक्रिको लागि राखेको ७० पोका गाँजा फेला पारी उक्त लागु औषध कानुन बमोजिम बारमद गरी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कटेज संचालक मगरले एउटा पोकाको १०० रुपैयामा बेचबिखनको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
बजेट अभावले रोकिए स्याङ्जा–कास्कीका ७४ खानेपानी आयोजना
यो पनि पढौँ
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला