निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो ।
पूर्वसचिव विरेन्द्र बहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् । पर्यटन मन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन गत चैत २५ गते २१ सदस्यीय विज्ञ समूह गठन गरेका थिए ।
जसमध्ये पूर्वसचिव देउजा, क्यप्टेन पीजे शाह, सिभिल इन्जिनियर कमल केसुी , सुमन श्रेष्ठ र प्रभा वैद्यको टीमले निर्माणाधिन विमानस्थलको बारेमा यस्तो प्रतिवेदन तयार पारेको हो ।
विज्ञ समूहले ५ वर्षसम्म आन्तरिक विमानस्थल थप नगर्न पनि सुझाव दिएको छ । टोलीले भएको विमानस्थल सञ्चालन गर्न नसकेकोले तत्काल थप गर्न नहुने सुझाव दिएको छ । आजको कारोबार दैनिकले समाचार लेखेको छ ।