दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने

खेलकुद

दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने

Prativa School Building

पोखरा। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिभा माध्यमिक विद्यालय, पोखराका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा सहभागी हुने भएका छन्।

विद्यालयका विद्यार्थीहरूले ह्यान्डबल, बास्केटबल, लन टेनिस, हक्की, चेस, टेबल टेनिस र महिला क्रिकेटलगायतका खेलमा प्रदेशको प्रतिनिधित्व गर्ने भएका हुन्।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार  हक्कीतर्फ सञ्जु थापा, चेसमा दिलासा थापा, ब्वाइज बास्केटबलमा ओमकार रकाल, टेबल टेनिसमा दीप निशान शाही तथा महिला क्रिकेटमा सेरिना थापाले प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी, गर्ल्स ह्यान्डबलतर्फ कुसुम बानियाँ, स्वेच्छा थापा, रोशनी पुन, सोफिया गुरुङ र कञ्चन राना मगर छनोट भएका छन्। गर्ल्स बास्केटबलतर्फ स्वेच्छा पुन, क्यारोल श्रेष्ठ, एलिशा पुर्जा, जेनिशा पाण्डे, प्रेमकुमारी विक, नबिना गुरुङ, नन्दिता गुरुङ, श्रेया गुरुङ, अंशु थापा, युबिना श्रेष्ठ र कुसुम गुरुङले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

राष्ट्रियस्तरको प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूको सहभागिताले उनीहरूको खेल प्रतिभा प्रस्फुटन हुनुका साथै आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासमा योगदान पुग्ने विद्यालयले विश्वास लिएको छ। यसबाट विद्यालयसँगै गण्डकी प्रदेशको गौरवसमेत बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिभा माध्यमिक विद्यालय परिवारले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी विद्यार्थीलाई उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना व्यक्त गर्दै खेल भावना कायम राखेर प्रदेश तथा विद्यालयको प्रतिष्ठा उच्च बनाउने विश्वास व्यक्त गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ