प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद छताछुल्ल भइरहेका बेला प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामकारबाहीबारे तीव्र असन्तुष्टि जनाएका छन् ।
श्रेष्ठले दुई तिहाइको सरकारलाई काम नगर्ने छुट नभएको बताए । उनले सरकारको ध्यान काममा नभई नारामा मात्र सीमित भएको आरोप लगाए । ‘दुई तिहाइको सरकारलाई असफल हुने छुट छैन’, नेता श्रेष्ठले भने, ‘सरकार नारामा मात्र सीमित भइराखेको छ ।’
श्रेष्ठले पार्टी र सरकारमा भ्रष्टाचारको संस्कृति मौलाएको टिप्पणी गरे । उनले आफू नजिकका भ्रष्टाचारीको संरक्षण गर्ने र बाहिरका भ्रष्टाचारी मात्र तह लगाउँछु भन्ने मानसिकताले भ्रष्टाचार अन्त्य हुन नसक्ने स्पष्ट गरे । ‘मेरो गिरोह, गुट वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारीबाहेक अरु सबैलाई सफाया गरिदिन्छु भनेर भ्रष्टाचार अन्त्य हुँदैन’, उनले भने, ‘यस्तो तरिकाको कम्युनिष्ट पार्टी कम्युनिष्ट हुन सक्दैन ।’
श्रेष्ठको संकेत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीतर्फ लक्षित थियो । श्रेष्ठले पार्टीभित्र भ्रष्टाचारविरुद्ध शुद्धीकरण आन्दोलन सञ्चालन नगरे बर्बाद हुने अवस्था आइसकेको पनि उल्लेख गरे ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष