पोखरा । नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ ।
दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोखरा ५ ले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना ग¥यो । शिविरमा २ सय ५ जनाको सित्तमै मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको छ ।
शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैसम्म मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । ‘सकेसम्म घरकै खाना खानुस्, कामको अनुपातमा खानुस्,’ डा अधिकारीले भने, ‘अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेला बेलामा चेकजाँच गराउनुस् ।’
उनले मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याइ गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे । ‘मधुमेह लागेपछि पनि हेलचेक्र्याइ गर्दा ५ वर्षसम्म केही असर नदेखिन सक्छ,’ उनले थपे, ‘त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । ५ देखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधी शक्ति कम हुन्छ । १० देखि २० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अंगमा असर गर्न थाल्छ ।’

मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्नेहरु भएको भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे ।
कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने विचार राखे ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सामाजिक उत्तरदायित्वमा पनि अग्रणी बन्दै काम गरिरहेको उल्लेख गरे । सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको उनको भनाइ छ ।
युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र ७ ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न संघ, संस्थासँग सहकार्य र आफैंले समेत शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २ सय ११ औं रहेको अध्यक्ष पन्थको भनाइ छ ।
संस्थाकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बाराही मावि व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, सचिव दीपक बराल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु